काठमाडौं– नेपाल टेलिकमले अनलिमिटेड सस्तो डाटा प्याक ल्याएको छ। टेलिकमले अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस गर्न सकिने जनाएको छ। यो प्याक २० रुपैयाँमै उपलब्ध हुनेछ।
‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ देखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ ।
रातको समयमा डाटा चलाउनुपर्ने व्यक्तिका लागि यो प्याक निकै उपयोगी हुने टेलिकमले जनाएको छ ।