बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्याक मा र अलीबाबा फाउन्डेसनले नेपाललाई चिकित्सा सामग्री प्रदान गर्ने

ज्याक मा र अलीबाबा फाउन्डेसनले नेपाललाई चिकित्सा सामग्री प्रदान गर्ने

 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

ज्याक मा फाउन्डेसन र अलीबाबा फाउन्डेशनले एसोसियाका १० थप देशहरूलाई कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइँमा सहयोग र्पुयाउन अत्यधिक आवश्यक चिकित्सा सामग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ।

अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यी दुई संस्थाहरू मार्फत १८ लाख मास्क, २,१०,००० कोविड १९ टेस्ट किट, ३६,००० सुरक्षात्मक कपडाका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामग्रीहरु प्राप्त गर्नेछन्।

यस हप्ता नै यी दुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाईल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामग्रीहरु अनुदान गर्ने घोषणा भएको थियो र वितरणको लागि इडब्ल्यूटीपीको कडा क्षमताको पनि सहयोग लिइएको थियो।

प्रकाशित: Mar 22, 2020| 06:00 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्