बिहीबार, भदौ ४, २०८३

एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ निःशुल्क

 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एन आई सी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

विश्वभरि नै तिव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

प्रकाशित: Mar 22, 2020| 05:59 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्