मंगलबार, वैशाख २९, २०८३

ती १६ देश, जहाँ एक जना मात्रै कोरोना संक्रमित छन्

विश्वभरका एक सय ८५ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ देश यस्ता छन्, जहाँ शनिबार दिउँसाेसम्म एक–एक जना मात्रै कोरोना संक्रमित छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं– गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखिएको कोरोना भाइरस संक्रमणबाट शनिबार दिउँसोसम्ममा ११ हजार चार सय २३ जनाको ज्यान गइसकेको छ।

National life

वर्ल्ड ओमिटरडटइन्फोका अनुसार विश्वभरका दुई लाख ७७ हजार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७३ हजार ६ सय ४६ अझै संक्रमित छन्।

विश्वभरका एक सय ८५ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ देश यस्ता छन्, जहाँ शनिबार दिउँसाेसम्म एक–एक जना मात्रै कोरोना संक्रमित छन्।

नेपालमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भए पनि ती व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् ।

यी हुन् एक जनामात्रै कोरोना संक्रमण भएका देश

अंगोला

एन्टिगुआ और बारबुडा

कैबो वडे

चाड

जिबुती

गाम्बिया

भेटिकन सिटी

मोन्टसेराट

नाइजर

पपुआ न्युगिनी

सेन्ट विन्सेन्ट ग्रेनेडाइन्स

सिन्ट मार्टन

सोमालिया

एस्वतिनी

तिमया–लेस्ते

जिम्बाब्वे

इटालीमा एकै दिन ६ सयभन्दा बढीको मृत्यु, मृतकको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट थप एककाे मृत्यु, मर्नेको संख्या पाँच पुग्यो

 

प्रकाशित: Mar 21, 2020| 09:24 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।