बुधबार, चैत ४, २०८२

प्रदेश ३ को राजधानी र नामकरण मतदानबाट टुंग्याउने

प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताएका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

हेटौडा- प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताएका छन्।

National life

उनले प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिए।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासावारेमा जवाफ दिने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए।

उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन्।

प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र छन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 11, 2020| 19:32 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।