सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सरकारले कृषिको व्यवसायिकतामा जोड दिन्छ : मन्त्री भुसाल

सरकारले कृषिको व्यवसायिकतामा जोड दिन्छ : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले कृषिको व्यवसायीकतामा जोड दिने बताएका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

भैरहवा- कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले कृषिको व्यवसायीकतामा जोड दिने बताएका छन्।

National life

सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रुपन्देहीको नबौँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउन सरकारले योजनासहित काम गर्ने बताए।

उनले हरेक घरघरमा स्वच्छ खानेपानीको पहुँच पुर्याउनेगरी सरकारले काम गर्ने जिकिर गरे।

मन्त्री भुसालले कृषिमा आत्म निर्भर बनाउनेगरी उत्पादकत्वमा वृद्धि गर्नुपर्ने पनि बताए।

कार्यक्रममा प्रदेश सांसद तुलसी प्रसाद चौधरीले कृषि प्रधान देश नेपालले कृषिको बैज्ञानिक योजना बनाएर कृषिका हरेक उत्पादनमा मुलुकलाई आत्म निर्भर बनाउनुपर्ने बताए।

Laxmi sunrise bank
kumari

उक्त कार्यक्रममा सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रुपन्देहीका अध्यक्ष बुद्धि ढकालले सेमलार खानेपानी उपभोक्ता समितिले १ हजार ५ सय ८५ घर धुरीमा खानेपानी पुर्याएको बताए।

उनले सेमलारको ७ वटा वडा र बुटवल उपमहानगरको वडा नम्बर १४, १५ र १६ का जनतालाई घरघरमा खानेपानी पुर्याएको बताए।

सो क्षेत्रमा १५ सय ८५ धारा जडान भएको र चार सय ७३ जोड्न बाँकी रहेका छन्।

प्रकाशित: Jan 11, 2020| 19:52 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।