बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग प्रदान

गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग प्रदान

 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु. २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका कान्छा भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्धारा उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरियो।
गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनको परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित: Mar 21, 2020| 08:02 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्