बिहीबार, भदौ ४, २०८३

मनकामना केवुलकार ३ साता बन्द हुने

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

मनकामना दर्शन प्रा.लि.ले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले यही चैत्र ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको छ ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिलेदेखि जै कोरोनाको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केवुलकार सेवा संचालन गर्दै आएकोमा संक्रमण फैलिन नदिन थप सहयोग पुगोस भन्ने हेतुले केवुलकार सेवा ०८ चैत्र २०७६ देखि ३० चैत्र २०७६ सम्मको लागि केवुलकार सेवा स्थगित गरिएको मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

 

प्रकाशित: Mar 20, 2020| 05:47 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्