बिहीबार, भदौ ४, २०८३

सुन तोलामा पाँच सय रूपैयाँ बढ्यो

सातायता उतारचढाव रहेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– सातायता उतारचढाव रहेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोवार भएको थियो।

गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो। मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो।

महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार रूपैयाँ बढेर ७६ हजार पाँच सय कायम भएको थियो। बिहीबार भने एक हजार पाँच सय रूपैयाँ घटेर ७५ हजार रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन पनि प्रतितोला पाँच सय रूपैयाँ बढेको छ। महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रूपैयाँ कायम भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला सात सय रूपैयाँ कायम भएको छ। गत बिहीबार चाँदी प्रतितोला ६ सय ८० रूपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: Mar 20, 2020| 05:47 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्