बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ । २ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागि स्थगित गरेको कम्पनीले जनाएको छ ।

स्वास्थ्यमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइनेछ ।

प्रकाशित: Mar 20, 2020| 05:46 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्