बिहीबार, भदौ ४, २०८३

यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

अबुधावी – संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ।

कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन्।

देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो।

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित: Mar 19, 2020| 17:59 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्