बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको चुनाव जेठसम्मका लागि स्थगित

उद्योग वाणिज्य महासंघको चुनाव जेठसम्मका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएससिसीआई) को चुनाव सहितको वार्षिक साधारणसभा स्थगित भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएससिसीआई) को चुनाव सहितको वार्षिक साधारणसभा स्थगित भएको छ।

सरकारले कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगिन भीडभाडमा जाने, सभा सम्मेलन गर्ने जस्ता काम गर्न रोक लगाएपछि महासंघको बिहीबार बसेको कार्य समिति बैठकले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।

आगामी चैतको २८ र २९ गते हुने भनिएको साधारणसभा जेठ ७ र ८ गते गर्ने निर्णय बैठकले गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

यसअघि अर्थमन्त्रालयले साधारणसभा रोक्न लागि मौखिक रुपमा आग्रह गरेको थियो। तर सो आग्रहलाई एफएनसिसीआईले बेवास्ता गरेको थियो।

बुधबार सरकारले नै सभा सम्मेलन गर्न रोक लगाएपछि भने बाध्य भएर एफएनसिसीआईले पनि साधारणसभा रोक्ने निर्णय गरेको हो।

साधारणसभा रोकेसँगै बरिष्ठ उपाध्यक्षको लागि चुनावमा लागि परेका किशोर प्रधान र चन्द्र ढकाललाई भने मर्का पर्नेछ। उनीहरुले आफ्नो तयारी जोडतोडका साथ गरिरहेका थिए।

बिहीबार बसेको एफएनसिसीआईको बैठकले व्यवसायीहरुले आपूर्ति सहज बनाउन आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: Mar 19, 2020| 12:06 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्