बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचारबापत १५ लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचारबापत १५ लाख बीमा रकम भुक्तानी

 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ०७६ चैत्र ४ गते दिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोलेबापत उक्त रकम प्राप्त गरेका हुन्।

आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका हुन्। यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा वापतको रू. ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रकाशित: Mar 19, 2020| 03:36 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्