आइतबार, असोज २५, २०८३

रेमिट्यान्स आप्रवाहमा झिनो गिरावट

नेपालको कुल गार्हस्थ उत्पादनको करिब २३ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं। नेपालको कुल गार्हस्थ उत्पादनको करिब २३ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा रेमिट्यान्स ०.५ प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको वृद्धिदर २८.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

तर विदेश जाने नेपालीको संख्यामा भने सात महिनामा २१.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । आर्थिक वर्षको ६ महिनासम्म विदेश जाने यात्रुहरुको संख्यामा गिरावट आएका कारण रेमिट्यान्समा पनि गिरावट आएको राष्ट्र बैंकको दावी छ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्षको सात महिनामा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

प्रकाशित: Mar 18, 2020| 10:12 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्