आइतबार, असोज २५, २०८३

सुनको मूल्य एक हजार बढ्यो, चाँदीको स्थिर

केही दिनयता उतारचढाव रहेको सुनको मूल्य बुधबार एक हजार रूपैयाँ बढेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– केही दिनयता उतारचढाव रहेको सुनको मूल्य बुधबार एक हजार रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७६ हजार पाँच सय रूपैयाँ कायम भएको छ। गत मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँमा कारोवार भएको थियो।

गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो। मंगलबार भने सुनको मूल्य स्थिर थियो।

तेजावी सुन पनि प्रतितोला एक हजार बढेर ७६ हजार दुई सय रूपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 18, 2020| 05:36 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्