आइतबार, असोज २५, २०८३

४४.३३ अंकले ओरालो लाग्यो 'नेप्से'

सेयर बजार परिसूचक (नेप्से) मंगलबार ४४.३३ अंकले ओरालो लागेर १२७२.०६ अंकमा अडिएको छ। सोमबार तीन अंकले बजार उकालो लागेको थियो। दिनभर १७५ कम्पनीको ४३ लाख कित्ता सेयर १ अर्ब ४६ लाख रुपैयाँमा किनबेच भएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं - सेयर बजार परिसूचक (नेप्से) मंगलबार ४४.३३ अंकले ओरालो लागेर १२७२.०६ अंकमा अडिएको छ। सोमबार तीन अंकले बजार उकालो लागेको थियो। दिनभर १७५ कम्पनीको ४३ लाख कित्ता सेयर १ अर्ब ४६ लाख रुपैयाँमा किनबेच भएको छ।

यसदिन म्यूचुअल फन्ड बाहेक सम्पूर्ण समूहगत परिसुचक पनि ओरालो लागेको छ। बैंकिङ ३३.१६, ट्रेडिङ ४९.४८, होटल्स ५३.६९, विकास बैंक ५२.६८, जलविद्युत १२.८८, फाइनान्स २१.९८, निर्जिवन बीमा कम्पनी ३३८.३४, उत्पादनमूलक ११५.०८, अन्य १४.७९, माइक्रोफाइनान्स ९३.६६ र जीवन बीमा समूह ४२६.४८ अंकले ओरालो लागेको छ। घटेको बजारमा पनि म्यूचुअल फन्ड ०.०४ अंकले उकालो लागेको नेप्सेले जनाएको छ।

मंगलबार कमाउनेमा जोशी हाइड्रोपावर विकास कम्पनी, भलेम्दी हाइड्रो लिमिटेड, विशाल बजार कम्पनी रहेका छन्। यसदिन सिद्धार्थ इन्स्योरेन्सले सबैभन्दा बढी १० प्रतिशतले आफ्नो सम्पत्ति गुमाएको छ। त्यस्तै गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तिय संस्था, नेपाल इन्स्योरेन्सलगायतका कम्पनीले रहेका छन्।

प्रकाशित: Mar 17, 2020| 10:54 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्