बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इटाली क्वारेन्टाइन दैनिकी : भाँडा बजाउँदै, झ्यालबाट गीत गाउँदै

इटाली क्वारेन्टाइन दैनिकी : भाँडा बजाउँदै, झ्यालबाट गीत गाउँदै

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो केन्द्रविन्दु मानिएको युरोपेली मुलुक इटालीको जनजीवन अहिले संकटमा छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को दोस्रो केन्द्रविन्दु मानिएको युरोपेली मुलुक इटालीको जनजीवन अहिले संकटमा छ। त्यहाँका सबै ६ करोड भन्दा बढी मानिस अहिले सेल्फ क्वारेन्टाइनमा छन्।

National life

विश्वव्यापी बन्दै गएको कोरोना संक्रमणको त्रासका बीच इटालीमा १४ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २१ हजार भन्दा बढी मानिस संक्रमित छन्।

यस्तो अवस्थामा त्यहाँका मानिसहरुले आफूलाई खुसी राख्न र आफ्ना बालबालिकालाई हतोत्साहित हुन नदिन संगीतको उपयोग गरिरहेका छन्।

उनीहरु अहिले आफ्नो घरको झ्याल तथा कौसीमा निस्किएर आफूसँग भएका बाध्य यन्त्र तथा बाध्य यन्त्र नभएकाहरुले भाँडाकुँडा निकालेर बजाउँदै गीत गाउने गरेका छन्।

अपार्टमेन्टमा बस्नेहरु सबैले एकैसाथ कौशीमा निस्किने र गीत गाउने गर्ने गरेका छन्।

कोरोनाबाट धेरै प्रभावित भएको मिलान, राजधानी रोम, नाप्लेज, पालेर्मो लगायतका सहरका बासिन्दाहरु गीत गाउँदै रमाइलो गर्ने गरेका छन्।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४२ पुगेको छ।

संक्रमितको संख्या १ लाख ५० हजार भन्दा माथि छ भने झण्डै ७६ हजार मानिस संक्रमणपछि निको भएर घर फर्किएका छन्।

तस्बिरहरु : एपी तथा राेयटर्स

प्रकाशित: Mar 15, 2020| 09:18 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।