आइतबार, चैत १, २०८२

‘गल्छी-रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ।

National life

आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मूख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका-७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनका अनुसार धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको हो। डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य छ।

हाल यस क्षेत्रका तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ। कल्चौडीभिर र बुधसिंहघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको हुँदा लक्ष्यभित्र कालोपत्रे सम्पन्न गर्न सकिने निर्माण व्यवसायीले जनाएको छ। मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट-त्रिशूली-रसुवाको मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि सुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना प्रमुख भण्डारीले जानकारी दिए।

सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशूली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक-टुण्डी-रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ। “चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ”, भण्डारीले भने, “कार्यालय स्थापनाको समयमा नौ अर्ब ५० करोड बजेट प्रक्षेपण गरे पनि त्यो रकम अहिले नै अपुग हुने देखिएको छ।” योजनाअन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति ३० प्रतिशत छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2020| 04:55 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।