आइतबार, चैत १, २०८२

महाकालीको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत

दक्षिण एशियाकै लामो महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत गरिएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

कञ्चनपुर- दक्षिण एशियाकै लामो महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत गरिएको छ।

National life

भीमदत्त नगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले खाम्पाचेर देवभूमि कन्सट्रक्सन डडेल्धुरालाई ५० लाख रुपैयाँमा ठेक्का दिई जीर्ण झोलुङ्गे पुलको मर्मत कार्य पूरा गरेको कन्स्ट्रक्शनका सञ्चालक डम्बरदत्त भट्टले बताए।

उनका अनुसार पुलका २८८ वटा स्टिल डेक, ६० वटा आइबोल्ट र तारजाली फेरिएको छ। ‘पुलमा रहेका १२ वटा सेक्शनका नट बोल्ट फेर्नुका साथै सस्पेन्डरको मर्मत गरिएको छ।

पुल जीर्ण बन्दै गएपछि ठाउँठाउँमा स्टिल डेकहरु टुटेका थिए। पुलमा लगाइएका नटबोल्ट खस्किँदा दुर्घटनाको सम्भावना बढ्दै गएको थियो।

पुल मर्मत भएपछि सहज रुपमा आवतजावत गर्न सहज भएको चाँदनीका स्थानीयवासी रामबहादुर बुढाले बताए।

Laxmi sunrise bank
kumari

मङसिर २१ गतेदेखि ठेकेदार कम्पनीले पुल मर्मतको कार्य शुरु गरेको थियो। डेढ दशकअघि निर्माण भएको पुल एक हजार ४५२ दशमलव ९९६ मिटर लम्बाइको रहेको छ।

झोलुङे पुल सदरमुकाम भीमदत्तनगर ओहोरदोहोर गर्ने महाकाली नगरपालिकाका बासिन्दाको नदी पार गर्ने एकमात्रै माध्यम रहेको छ।

हाल महाकाली नदीमा पक्की पुल निर्माणको कार्यसमेत शुरु गरिएको छ। रासस

प्रकाशित: Jan 04, 2020| 09:49 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।