मंगलबार, असार ३०, २०८३

प्रिमियर लिगमा हात मिलाउन प्रतिबन्ध

प्रिमियर लिगले खेलभन्दा अगाडि खेलाडीहरुलाई हात मिलाउन प्रतिबन्ध लगाएको छ। उसले अर्को सूचना नआउन्जेलसम्मको लागि खेलअघिको उक्त क्रियाकलापमा प्रतिबन्ध लगाएको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

एजेन्सी– प्रिमियर लिगले खेलभन्दा अगाडि खेलाडीहरुलाई हात मिलाउन प्रतिबन्ध लगाएको छ। उसले अर्को सूचना नआउन्जेलसम्मको लागि खेलअघिको उक्त क्रियाकलापमा प्रतिबन्ध लगाएको हो।

इंग्ल्यान्ड सरकारले प्रतियोगितामा सुरक्षा अपनाउन आदेश दिएको एक दिनपछि लिगले हात मिलाउन प्रतिबन्ध लगाएको हो। तर, टिमका अन्य गतिविधि भने यथावत् रहनेछन्। खेलाडी पहिले जसरी नै लाइनमा खडा हुनेछन् र खेल्ने छन्।

प्रिमियर लिगको वेबसाइटमा सूचना जारी गर्दै भनिएको छ, ‘खेलाडीका साथै खेलका अधिकारीहरुबीच प्रिमियर लिगको फेयर प्लेमा हात मिलाउने कार्य प्रतिबन्धित गरिएको छ। यही सप्ताहन्तदेखि अर्को सूचना जारी नभएसम्म मेडिकलको सुभmावमा हात मिलाउन प्रतिबन्ध लगाइएको हो।’

‘विश्वभर फैलिएको कोरोना भाइरस मुख र नाकबाट निस्किने पानीको थोपा हातबाट अर्को मानिसमा सर्ने गर्दछ,’ जारी सूचनामा भनिएको छ।

जारी लिगको लिग लिडर लिभरपुलले पनि कोरोनाभाइसर प्रभावित क्षेत्रमा अफिसियल र खेलाडीको आवतजावतलाई प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Mar 06, 2020| 06:07 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।