मंगलबार, असार ३०, २०८३

महिला विश्वकप क्रिकेटको सेमीफाइनल भोलि

समूह ‘ए’ मा विजेता बन्दै भारतले विश्वकपको सेमीफाइनलमा स्थान बनाएको छ। उसले समूह चरणको चार खेलमध्ये चारैमा जित हात पारेको थियो।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– अष्ट्रेलियामा जारी आईसीसी टी–२० महिला विश्वकपमा समूह चरणका खेल सकिएका छन्। हिजो(मंगलबार) भएको दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल सकिएसँगै समूह चरणका खेल सकिएका हुन्।

समूह ‘ए’ मा विजेता बन्दै भारतले विश्वकपको सेमीफाइनलमा स्थान बनाएको छ। उसले समूह चरणको चार खेलमध्ये चारैमा जित हात पारेको थियो। उद्घाटन खेलमा आयोजक तथा साविक विजेता अष्ट्रेलियासँग भिडेको भारतले १७ रनको जित निकालेपछि फेरि हार्नु परेन।

त्यस्तै, अष्ट्रेलियाले भारतसँग हार बेहोरे पनि अन्य तीन खेल जित्दै समूहको उपविजेता बन्यो। उसले न्युजिल्यान्ड, श्रीलंका र बंगलादेशलाई हराएको थियो।

यता समूह ‘बी’ बाट सेमीफाइनल पुग्नेमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन्। समीफाइनलको फिक्चरअनुसार दुवै सेमीफाइनलका खेल भोलि (बिहीबार) हुनेछ।

पहिलो खेलमा समूह ‘ए’ बाट चारै खेल जितेर विजेता बनेको भारतले समूह ‘बी’को उपविजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। खेल नेपाली समयअनुसार विहान सवा १० बजे सुरु हुनेछ।

सेमीफाइनलको दोस्रो खेलमा समूह ‘बी’ को विजेता दक्षिण अफ्रिकाले समूह ‘ए’को उपविजेता अष्ट्रेलियाको सामना गर्ने छ।

प्रतियोगितामा समूह चरणका सबै खेल जित्ने टोली भारतमात्र रहेको छ। आजसम्म प्रतियोगिताको उपाधि नजितेको भारत जारी सिजनको उपाधि दावेदारको रुपमा हेरिएको छ। भारत चौथोपटक सेमीफाइनमा प्रवेश गरेको हो।

सेमीफाइनल विजेताले मार्च ८ मा नेपाली समय अनुसार सवा एक बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

बाहिरिएका टोली

प्रतियोगितामा पहिलोपटक सहभागी बनेको टोली थाइल्यान्ड अंक तालिकामा एक अंक बनाएर बाहिरियो। समूह ए को पुछारमा रहेको थाइल्यान्डले प्रतिकूल मौसमका कारण पाकिस्तानसँगको खेल रोकिएपछि अंक बाँड्दा एक अंक पाएको हो। त्यस्तै, समूह ‘बी’ कै पाकिस्तान एक खेल जितेर बाहिरियो भने वेस्ट इन्डिज पनि एक खेलमात्र जितेर बाहिरियो।

उता समूह ‘ए’ को अन्तिममा रहेको बंगलादेश कुनै खेल नजिती अंकविहीन रह्यो। समूहको चौथो स्थानमा रहेको श्रीलंकाले एक खेल जितेर बाहिरिँदा तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले ४ अंक बनाएको थियो। न्युजिल्यान्डले दुई खेल जितेको थियो।

आईसिसी महिला क्रिकेट टी–२० विश्वकप सन् २००९ बाट सुरु गरिएको हो। इंग्ल्यान्डमा सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक टिम नै विजयी भएको थियो। त्यसपछिका सबै विश्वकप फाइलनमा अष्ट्रेलियाले स्थान बनाउँदै आएको छ।

प्रत्येक दुई वर्षमा आयोजना हुने भनिएको विश्वकपको दोस्रो शृंखला पहिलो वर्षको एक वर्षपछि अर्थात् २०१० मै भएको थियो। वेस्ट इन्डिजले आयोजना गरेको सो विश्वकपमा अष्ट्रेलिया विजयी भएको थियो।

श्रीलंका र वंगलादेशमा आयोजित तेस्रो र चौथो संस्करणको विश्वकपमा पनि अष्ट्रेलिया विजयी भएको थियो।

२०१६ मा पहिलोपटक फाइनलको यात्रा तय गरेको वेस्ट इन्डिजले विश्वकपको उपाधि उचालेको थियो। त्यसपछि २०१८ भएको विश्वकपमा भने अष्ट्रिेलिया नै विजेता रह्यो।

प्रकाशित: Mar 04, 2020| 11:49 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।