मंगलबार, असार ३०, २०८३

एसिया कप छनोटमा नेपालको सम्भावना कति?

नेपाल शीर्ष २ मा पर्न हङकङले दुई वटै खेलमा जित हासिल गर्नुपर्नेछ। र, नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित गर्नुपर्नेछ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक थाइल्यान्डविरुद्ध बुधबार पहिलो जित दर्ता गरेको छ।

जितसँगै नेपालको एसिया कप छनोटको झिनो सम्भावना कायमै देखिएको छ। नेपालको तुलनामा सिंगापुर, हङकङ र मलेसियाको सम्भावना भने बढी छ। थाइल्यान्ड भने छनोटबाट बाहिरिसकेको छ।

यसरी छनोट हुन सक्छ नेपाल

नेपालको एसिया कप छनोट सम्भावनाबारे कुरा गर्नुअघि अंकतालिकाको विश्लेषण गरौं।

जारी प्रतियोगिताको अंकतालिकामा नेपाल चौथो स्थानमा छ। ३ खेलबाट २ अंक हासिल गरेको नेपालको रनरेट ०.६९ छ। अंकतालिकाको शीर्षमा सिंगापुर छ । २ खेल खेलेको सिंगापुरको ४ अंक छ । उसको नेट रनरेट ४.२७५ छ।

समान खेल र समान अंक बटुलेको हङकङ अंकतालिकाको दोस्रो स्थानमा छ। उसको रनरेट ३.६८६ रहेको छ। मलेसियाको पनि ४ अंक नै छ। तर, उसको रनरेट –०.८२८ छ।

अंकविहीन थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतियोगिताअन्तर्गत सिंगापुर र हङकङले समान दुई खेल खेल्न बाँकी छ भने नेपाल र मलेसियाले एक–एक खेल्न बाँकी छ।

सिंगापुरले हङकङ र नेपालविरुद्ध तथा हङकङले मलेसियाविरुद्ध खेल्न बाँकी छ, जसमा सिंगापुर र हङकङबीच अहिले खेल चलिरहेकाे छ। बाँकी दुई खेल शुक्रबार हुँदैछन्। 

यस्तोमा नेपाल शीर्ष २ मा पर्न हङकङले दुई वटै खेलमा जित हासिल गर्नुपर्नेछ। र, नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित गर्नुपर्नेछ।यो अवस्थामा हङकङको ८ तथा नेपाल, सिंगापुर र मलेसियाको समान ४ अंक हुनेछ। र, नेपाल रनरेटका आधारमा दोस्रो हुँदै एसिया कप छनोटका लागि छानिनेछ।

एसिया कप छनोटमा जारी प्रतियोगिताका शीर्ष २ टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसीसी इस्टर्न रिजन र वेस्टर्न रिजनका शीर्ष २–२ टोली एसिया कप छनोट खेल्न पाउँछन्।

प्रकाशित: Mar 04, 2020| 07:56 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।