बुधबार, भदौ ३, २०८३

एनआईसी एसिया बैंकको न्यू चमत्कारिक बचत खाता योजना

 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - एनआईसी एसिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ।

योजना अन्तर्गत ल्याइएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन्। बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रूपैयाँदेखी २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ।

उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असीमित फाइदाहरूबाट लाभ लिनसक्ने बैंकले जानकारी दिएको छ। बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ। जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ। बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउने छ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्चलगायतका खर्चहरुबापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँसम्मको हकदार ग्राहक हुनेछन्।

खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा पनि दिइएको छ। यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छ भने उसलाई करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ।

स्वीप इन, स्वीप आउट सुविधा

बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन, स्वीप आउट सुविधा ल्याएको छ।

यो एक विशेष किसिमको सुविधा हो जसमा न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त हुनेछ। यदि ग्राहकले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन, स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६.५% ब्याजदर पाइरहेको ग्राहकले मुद्दती खातामा जाने वित्तीकै ९.७५% सम्मको ब्याज पाउने छ।

प्रकाशित: Feb 20, 2020| 19:01 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्