बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीले भने– अप्ठ्यारो परे मलाई भन्नुस्

उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीले भने– अप्ठ्यारो परे मलाई भन्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए। उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।”

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए । “ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्,” व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, “यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।”
रासस

प्रकाशित: Feb 11, 2020| 16:24 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्