बिहीबार, वैशाख ३१, २०८३

राष्ट्रपति सी कोरोना भाइरस निगरानी केन्द्रमा

राष्ट्रपति सी सोमबार राजधानी बेइजिङमा कोरोना भाइरसविरुद्ध भइरहेका कार्यको अनुगमन गर्न पहिलोपटक देखापरेका हुन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी प्रयासको निरीक्षण गरेका छन्। राष्ट्रपति सी सोमबार राजधानी बेइजिङमा कोरोना भाइरसविरुद्ध भइरहेका कार्यको अनुगमन गर्न पहिलोपटक देखापरेका हुन्।

National life

विशेष प्रकारको मास्क लगाएर उनी बिरामी राख्न बनाइएको केन्द्र निरीक्षण गर्न पुगेको राष्ट्रिय टेलिभिजन च्यानल सीसीटीभीले जनाएको छ।

बेइजिङमा लुनार नयाँ वर्षको बिदापछि सोमबारदेखि चहलपहल हुन थालेको छ।

राष्ट्रपति सीले कोरोना संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासको निरीक्षण गरेका थिए। राष्ट्रपति सी पछिल्ला दिनमा सञ्चारमाध्यममा आएका छैनन्। उनी सीसीटीभीका समाचारमा पनि देखिएको पाइँदैन।

विगतमा भने राष्ट्रपति सी सामान्य कार्यक्रममा सहभागी भए पनि उक्त टेलिभिजन च्यानलले प्रसारण गर्दथ्यो।

प्रकाशित: Feb 10, 2020| 16:27 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।