बिहीबार, वैशाख ३१, २०८३

देशभर बढ्यो चिसो, काठमाडौंमा अहिलेसम्मकै न्यून

उपत्यकाको तापक्रम घटेसँगै मंगलबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं - उपत्यकाको तापक्रम घटेसँगै मंगलबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।

National life

मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ। चिसो निरन्तर बढ्दो क्रममा रहेको छ। यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ।

“सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् श्रेष्ठले भने।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ।

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

प्रकाशित: Nov 12, 2019| 09:43 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।