आइतबार, चैत १, २०८२

अर्घाखाँची बस दुर्घटना : १० मृतकको सनाखत

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानी रातामाटामा बुधबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १९ जनामध्ये १० को सनाखत भएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- अर्घाखाँचीमा बुधबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १९ जनामध्ये १० को सनाखत भएको छ।

National life

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टका अनुसार दुर्घटनामा अर्घाखाँची, सन्धिखर्क-७ का शिवलाल भट्टराई, माया पुरी, बलराम भट्टराई र मोनिका खड्काले ज्यान गुमाएका छन्। 

यस्तै, सन्धीखर्क- १० का छविलाल गैरु, शिवगंगा-२ का सन्तबहादुर बस्नेत र भूमिकास्थान-९, शैलेस थापा, कपिलवस्तु, चप्परगाउँकी सीता बस्नेत, बुद्धभूमिका ओमबहादुर थापा र गुल्मी, धुर्कोट-२ का राजकुमार महतको दुर्घटनामा ज्यान गएको छ।

अन्य मृतकको सनाखत हुन बाँकी छ।

सन्धिखर्क नगरपालिका-६, नरपानी रातामाटामा लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा चालकसहित १९ जनाको ज्यान गएको थियो। 

Laxmi sunrise bank
kumari

प्रहरीका अनुसार बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

झण्डै तीन साताअघि नरपानीको रातामाटा भएको कार दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको थियो।

प्रकाशित: Nov 28, 2019| 03:56 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।