शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘फोर लेन’ सडककाे डिजाइन नै नियमविपरीत, ३३ दुर्घटनामा २५ को मृत्यु

‘फोर लेन’ सडककाे डिजाइन नै नियमविपरीत, ३३ दुर्घटनामा २५ को मृत्यु

फोर लेन सडकमा दुर्घटना बढ्नुको अर्काे कारण सडकको गलत डिजाइन हो। डिजाइन नै ट्राफिक नियमविपरीत भएको प्रहरीको भनाइ छ।
 |  बिहीबार, माघ २३, २०७६
nespernesper

देव राना

देव राना

बिहीबार, माघ २३, २०७६

सुर्खेत–
घटना – १
जेठ ३० गते वीरेन्द्रनगरको यरीचोकमा अटोरिक्साको ठक्करबाट नगरपालिका–२ का वडा सचिव नारायणदेव गिरीको मृत्यु भयो।

triton college

फोर लेन सडकअन्तर्गत मूलपानीबाट यरीचोकतर्फ गुडिरहेकोे भे१ह३८७४ नम्बरको अटोरिक्साले भे७प १८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भए।

घटनालगत्तै उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइयो। तर उपचार हुन नपाउँदै डाक्टरले गिरीलाई मृत घोषणा गरे।

घटना – २

माघ ४ गते दैलेखका शेखर गिरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। 

Metro Mart
vianet

फोर लेन सडकअन्तर्गत मंगलगढीबाट बांगेसिमलतर्फ जाँदै गर्दा रेडियो नेपालको पुल नजिक उनी दुर्घटनामा परे। गिरीको घटनास्थलमै मृत्यु भयो।

घटना – ३

माघ १४ गते टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सीमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भयो।

मंगलगढीचौकतर्फ गुडिरहेको भे१ख २२४२ नम्बरको टिप्परले वीरेन्द्रनगर–४ गौतम चोकमा भे१प २१७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भयो।

घटना – ४
माघ १७ गते ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा ट्याक्टर चालक जुनिचाँदे गाउँपालिका–७ जाजरकोटका प्रेम कार्कीको मृत्यु भयो।

फोर लेन सडकअन्तर्गत सुब्बाकुनाबाट मंगलगढी चोकतर्फ गुडिरहेको भे१त ७५८९ नम्बरको ट्याक्टर र विपरीत दिशामा गुडिरहेको लु१ख ७६७० नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए।

यी फोरलेन सडकमा भएका केही प्रतिनिधिमूलक घटना हुन्। वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै धुलियाबिटदेखि बांगेसिमसम्मको सडक स्तरोन्नति गरिएको छ।

सडकको स्तरोन्नति गरेर फोर लेन बनाइए पनि दुर्घटना भने बढेको छ। सडकमा स्पिड ब्रेकर छैनन्। सवारीसाधन फोर लेन सडकमा तीव्र गतिमा गुड्छन्।

‘डिजाइन नै ट्राफिक नियमविपरीत’

फोर लेन सडकमा दुर्घटना बढ्नुको अर्काे कारण सडकको गलत डिजाइन हो।

डिजाइन नै ट्राफिक नियमविपरीत भएको प्रहरीको भनाइ छ। पैदय यात्रुका लागि खाली भाग नछोड्नु, सडक बीचमा ब्रेकर नराखिनु र ठाउँठाउँमा सवारी क्रस (मोड्ने) भाग छोड्नु ट्राफिक नियम विपरीत भएको प्रहरीको ठम्याइ छ।

‘ठाउँठाउँमा खालि स्थान छोडिएको छ, बटुवाले बाटो काट्ने संकेत छैन’, सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिजापति भन्छन्, ‘इन्जिनियरका दृष्टिकोणले फोर लेनको डिजाइन राम्रो होला, तर ट्राफिक नियमविपरीत छ।’

फोर लेनमा आवश्यकताविनै सवारी मोड्ने ठाउँ राखिँदा दुर्घटना बढेको प्रहरीको बुझाइ छ।

‘सचेत नागरिकले नै ट्राफिक नियमको पालन गर्दैनन्, सबैलाई छिटो पुग्ने हतार हुन्छ । खाली ठाउँ देख्यो कि बाटो क्रस गरिहाल्छन्’, उनी भन्छन्, ‘सानो मोडमै सवारी क्रस गर्ने ठाउँ राखिनु ट्राफिक नियम विपरीत छ।’

पैदल यात्रुलाई पनि सास्ती

फोर लेन सडकले सवारीसाधनलाई सहज भए पनि पैदल यात्रुलाई भने सास्ती भएको छ।

सडकको दायाँबायाँ पैदल यात्रु हिँड्ने ठाउँ छैन।

सडकको सबै भागमा सवारीसाधन गुड्दा पैदल यात्रुलाई सास्ती भएको हो। पैदल यात्रुका लागि छुट्टै ठाउँ नछुट्याउँदा सडकको सबै भागमा सवारी गुड्दै आएका छन्।

दिनप्रतिदिन सवारीको पढ्दो चाप र छिटो गन्तव्यमा पुग्ने हतारका कारण सडकको सबै भागमा सवारी गुड्दै आएका छन्।

३३ दुर्घटनामा २५ जनाको मृत्यु

सुर्खेतमा पछिल्लो सात महिनामा ३३ वटा सवारी साधन दुर्घटना भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को सात महिनामा ३३ वटा दुर्घटना भएका हुन्।

साउनदेखि माघको १८ गतेसम्म साना ठूला गरी ३३ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए।

प्रहरीका अनुसार साउनमा तीन वटा सवारी दुर्घटनामा तीन जनाकै मृत्यु भएको छ।

भदौमा नौ दुर्घटनामा एकजना, असोजमा सात दुर्घटनामा ६ जना, कात्तिकमा दुई दुर्घटनामा एकजना, मंसिरमा तीन दुर्घटना दुईजना, पुसमा दुई दुर्घटनामा एकजना र माघ महिनामा सात वटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी २७ जना गम्भिर र ६० जना सामान्य घाइते भएका छन्। त्यस्तै सवारी दुर्घटनामा चार वटा चौपाया पनि मरेका छन्।

साढे ६ हजारमाथि कारबाही

ट्राफिक प्रहरीको कारबाहीमा पर्नेहरुको तथ्यांक हेर्दा अधिकांश चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने गरेका छन्।

ट्राफिक नियम पालना नगरी गाडी चलाउँदा सुर्खेतमा चालु आर्थिक वर्षको सात महिनामा साढे ६ हजार बढी चालक कारबाहीमा परेका छन्।

तथ्यांकअनुसार साउनदेखि माघ १८ गतेसम्म ६ हजार ६ सय २६ जना चालक कारबाहीमा परेका छन्।

 

प्रकाशित: Feb 06, 2020| 17:27 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।