आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कांग्रेस सांसद पुष्पा भुसाल बोलेपछि कांग्रेसका सांसद उठेर सदन अवरुद्ध गरेका हुन् ।
बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाइन् ।
भुसालले भनिन्, “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”
भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा आज बैठकको कारवाही चल्न नसक्ने भनेपछि सो दलका सांसद उभिएका थिए। सभामुख अग्निप्रसाद सापाकोटाले कांग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गरे।
प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गरेका छन्।
सांसदहरू नबसेपछि सभामुख अग्निप्रसाद सापकाेटाले बैठक भाेलिसम्मका लागि स्थगित गरेका छन्।