सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत : सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि शिक्षक निलम्बनमा

भारत : सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि शिक्षक निलम्बनमा

भारतको केरल प्रान्तमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

एजेन्सी- भारतको केरल प्रान्तमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।

National life

शेहला शेरिनका सहपाठी तथा परिवारका सदस्यहरूले उक्त घटनामा विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेको आरोप लगाएका छन्।

उक्त घटनाले केरला राज्यमा आक्रोश उत्पन्न भएको छ। स्थानीय अधिकारीहरूले उक्त विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन्। प्राप्त विवरणअनुसार सर्प कंक्रिटको भुइँमा एउटा दुलोमा बसेको थियो।

उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेको एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्तै गरेनन्।ती शिक्षक पनि निलम्बनमा परेका छन्।

Laxmi sunrise bank
kumari

एक घण्टापछि शेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गए। त्यस बेलासम्म उनलाई अस्पताल लगिएको थिएन।

उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भयो।

यस घटनाले केरलामा विद्यालयको स्थितिलाई लिएर गुनासो तथा विरोध गर्ने क्रम बढेको छ।

सरकारी अधिकारीहरूले स्थानीय विद्यालयको सरसफाइ तथा निरीक्षण गर्न निर्देशन दिएका छन्।

केरलाको मानव अधिकार आयोगका साथै विभिन्न निकायले उक्त घटनाको जाँच गरिरहेका छन्।

घटना भएको वायनाड जिल्लाका सांसद राहुल गान्धीले राज्यका मुख्यमन्त्रीलाई चिठी लेखेका छन्।

त्यसमा उनले विद्यालयहरूको ‘जीर्ण पूर्वाधारबारे’ ध्यानाकर्षण गराउनुका साथै पीडितका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन्। बीबीसी

प्रकाशित: Nov 23, 2019| 11:15 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।