बुधबार, असार ३१, २०८३

डेब्यु खेलमै सुशान भारीको तीन विकेट

नेपालका सुशान भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा तीन विकेट लिएका छन्।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– नेपालका सुशान भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा तीन विकेट लिएका छन्।

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत बुधबार जारी ओमानविरुद्धको खेलमा सुशानले तीन विकेट लिएका हुन्।

उनले ओमानका कप्तान जिशान मक्सुद, विकेटकिपर सुरज कुमार र सन्दीप गौडको विकेट लिएका हुन्। उनले पहिलो विकेटका रूपमा खेलको १८.४ ओभरमा मक्सुदलाई एलबीडब्ल्यु आउट गरे। सोही ओभरको अन्तिम बलमा उनले विकेटकिपर कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याच गराए। त्यस्तै, खेलको ३८.४ ओभरमा विकेटकिपर विनोद भण्डारीद्वारा क्याच थमाए।

ओमानविरुद्धको खेलमा उनले किफायती बलिङ गरेका छन्। उनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिए।

शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। खेलको ४१.३ ओभर सकिँदा ओमानले ६ विकेट गुमाएर १२४ रन जोडेको छ।

नेपालका लागि करन केसीले दुई विकेट लिएका छन्। ओमानका एक खेलाडीलाई दीपेन्द्र सिंह ऐरीले रनआउट गरे। 

प्रकाशित: Feb 05, 2020| 12:14 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।