सोमबार, चैत ९, २०८२

नेपालमा पहिलोपल्ट त्रिपक्षीय क्रिकेट सिरिज

आज (बुधबार) बाट नेपालमा पहिलोपटक त्रिपक्षीय क्रिकेट शृंखला सुरु हुँदैछ। यसका लागि नेपाल क्रिकेट संघ(क्यान) ले दिनरात नभनी काम गरिरहेको छ ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– आज (बुधबार) बाट नेपालमा पहिलोपटक त्रिपक्षीय क्रिकेट शृंखला सुरु हुँदैछ। यसका लागि नेपाल क्रिकेट संघ(क्यान) ले दिनरात नभनी काम गरिरहेको छ ।

National life

खेलको अघिल्लो दिनसम्म पनि भीआईपीतर्फको प्यारापिटमा पाल लगाउने काम सकिएको थिएन। क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमै भने, ‘क्यानमा म्यानपावरको पनि कमी नै छ। भर्खरै फुकुवा भएको अवस्थामा यो काम गर्नु धेरै गाह्रो हो । साथीहरुले क्रिकेट मैदानमा काम गरिरहनु भएको छ। राति ११ बजेसम्म लागे पाल लगाउने काम सकिन्छ।’

आईसीसीले निलम्बन फुकुवा गरेपछि यो सिरिज नेपालमा होस्ट गर्न पाएको छ। क्यानका लागि यो काम आफैंमा ठूलो चुनौती पनि हो। क्यानका सचिव प्याकुरेल यसलाई ‘एसिट टेस्ट’को रुपमा मान्छन्। भन्छन्, ‘क्रिकेट एसोसिएसनको लागि सस्पेन्सनपछिको यसलाई एउटा ठूलो एसिट टेस्टको रुपमा यो सिरिजलाई लिएका छौं। ठूलो च्यालेन्जका साथै मौका पनि हो। क्रिकेट संघले पनि केही गर्न सक्छ र गरेर देखाउँछ भन्ने एक अवसर पनि हो।’

फिल्डको तयारीका लागि आईसीसीका कन्सल्ट्यान्ट एक महिनादेखि काठमाडौंमै रहेर काम हेरिरहेका छन्। त्यस्तै, चिफ क्युरेटर बन्दुला वानौपुराले पनि मैदानको काम हेरिरहेका छन्। कीर्तिपुर क्रिकेट मैदानका साथै मूलपानीको ग्राउन्डमा पनि क्यानको साथमै भएकाले प्रतियागिता धेरै गाह्रो नहुने क्यानको भनाइ छ।

प्रतियोगिताको तयारीको अन्तिम तयारीमा पुगिसकेको बताएको छ। तर, कार्यक्रमको सबैभन्दा मुख्य कुरा स्पोन्सरको टुंगो लागिसकेको छैन। प्रतियोगिता सुरु हुनुअगावै स्पोन्सर पाउन सकिएन। मैदान छेउमा कोकाकोला, भिजिट नेपाल, ब्रोसाइल, एनएमबी बैंकका ब्यानर त देखिन्छन् तर रकम कति छ भन्ने निर्क्योल भइसकेको छैन।

Laxmi sunrise bank
kumari

उता, आईसिसीले दिने बजेट पनि टुंगो लागेको छैन। म्याच अफिसियलको भत्ता, भाडा, होटलको खर्च, फिलगायत कुरा आईसिसीले नै हेरिरहेको छ। त्यसैले अब कति पैसा आउँछ भन्ने फिक्स छैन। प्रतियोगितामा सबै गरेर ८५ हजार डलर लाग्ने अनुमान भने क्यानले गरेको छ।

त्यसैले नेपालमा पहिलो पटक आयोजना भएको कुरा मिडियाले नै बाहिर भनिरहेकाले क्यानले ओडीआई गर्न सक्छ भनेर प्रचार गर्न सचिव प्याकुरेलले मिडियासँग अनुरोध गरेका छन्। भन्छन्, ‘हतार हतारको आयोजना भयो, यसलाई सबै मिडियाहरुले बुझेर प्रचार गरिदिनु होला। हामीले ओडीआई गर्न सक्छौं भनेर देखाउनु पर्ने छ। हामीले यसलाई प्रमाणित गर्नुपर्ने छ। यो प्रतियोगितालाई कभर गरेर सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ।’

क्यानले कामको दौरानमा सुरक्षा चुनौति भोग्नुपर्ने छ। सुरक्षा कार्यक्रमको महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई मनन गरेका सचिव प्याकुरेल भन्छन्, ‘नेपाल पुलिस र सशस्त्र सबैसँग कुरा गरेर एक टिमले कुन किसिमको सुरक्षा प्रदान गर्ने भनेर सल्लाह गर्नु भएको छ।’

उनका अनुसार विदेशी टिमलाई नेपाल प्रवेश गरेबाटै बाहिर फर्किएर नगएसम्म सुरक्षा व्यवस्था राम्रो बनाइएको छ। नेपालको खेल भएको दिनमा सात–आठ सयको संख्यामा प्रहरी खटिने छन्। आवश्यक परेमा सशस्त्र प्रहरी पनि बाहिरतिर खटिन सक्छन्।

क्यानलाई चुनौती र अवसर

लिग–२ को यो प्रतियोगिताको व्यवस्थापन नै क्यानका लागि मुख्य चुनौती हो। भर्खरैमात्र निलम्बन फुकुवा भएको अवस्थामा प्रतिगोगिता गरेर देखाउन ठूलो आँट चाहिन्छ, त्यो भने क्यानले गरेको छ। त्यसैले यो प्रतियोगिता क्यानको चुनौती हो।

क्यानले पनि प्रतियोगितामा आफ्नो क्षमताले भ्याएसम्म गरेर काम गर्यो भने आईसीसीले पत्याउने विश्वास राखेको छ। र, पछि गएर यो चुनौती नै नेपालको अवसर बन्ने छ। किनभने यो आयोजना सफल भएमा मात्र नेपालमा अन्य आयाजनाका लागि आइसिसीले मान्यता दिन थाल्छ।

क्यान सचिव भन्छन्, ‘सेटअप भैसकेपछि अझै ठूलो काम गर्न सकौंला नि। आईसीसीले केही नबोले पनि निरीक्षण गरिरहनु भएको छ। क्यानले के यो गर्न सक्छ त ? भन्ने उहाँहरुलाई लागिरहेको होला। बाहिर नभने पनि आईसीसीको भित्र यस्तै छ।’

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रतियोगितामा प्रेसर भन्दा पनि उत्साहित रहेको बताउँछन्। भन्छन्, ‘तयारी राम्रो छ, सबै कुरा राम्रै भैरहेको छ। पहिलो घरेलु मैदानमा ओडिआई खेल्न पाउँदा उत्साहित छौं।’

पत्रकार सम्मेलनमा ओमानका कप्तान जिसान मक्सुदले नेपालमा क्रिकेट फ्यान धेरै रहेको बताए। उनले सन् २०१२ मा नेपाल आउँदा मैदान वरपर धेरै क्रिकेट फ्यान क्रिकेट हेर्न आएको अनुभव सुनाए । उनले नेपाली टोली धेरै राम्रो भएको बताए। भने, ‘सबै टिमले राम्रो गरिरहेका छन्। हामीले पनि ६ महिना अभ्यास गरेका छौं। हेरौं के हुन्छ । मनाई नेपालको क्रिकेट क्राउड मनपर्छ।’

उता अमेरिकाका कप्तानले अमेरिकाले नपाललाई हराउन मुस्किल हुने बताए । उनले भने, ‘हामीले १० दिन मुम्बइमा तालिम गरे पनि हामीलाई यहाँ खेल्न दबाब नै हुन्छ। हामी सक्दो प्रयास गर्ने छौं।’

प्रकाशित: Feb 05, 2020| 08:20 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।