काठमाडौं - प्रभु बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा नयाँ शाखा विस्तार गरेको हो।
नयाँ शाखाको उक्त नगरपालिकाका मेयर रामेश्वर बोहोराले उद्घाटन गरेका छन्। बैंकले नयाँ शाखाबाट स्थानीय सर्वसाधारण लाभान्वित हुनुका साथै उक्त क्षेत्रको आर्थिक उन्नतीमासमेत सहयोग पुग्ने विश्वास लिएको छ। यो सँगै बैंकका २ सय ७ शाखा पुगेका छन्।