बुधबार, असार ३१, २०८३

बार्सिलोनाद्वारा लेभान्टे पराजित, फाटी बने नायक

स्पेनिस ला लिगा अन्तर्गत आइतबारराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

स्पेनिस ला लिगा अन्तर्गत आइतबारराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा अंशु फाटी नायक सावित भए । उनले गरेको दुई गोलको मद्दतमा बार्सिलोना विजयी भयो । उनको गोलसँगै बार्सिलोनाले लेभान्टेमाथि २–१ को जित निकाल्न सफल भयो ।

फाटीले पहिलो हाफको १ मिनेटको अन्तरमै २ गोल गरेका थिए। खेलको ३० औं र ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई दुई गोलको अग्रता दिलाए।

गोल कप्तान लियोनेल मेस्सीबाट पाएको पासलाई उनले गोलमा परिणत गरेका थिए। पहिलो हाफमा बार्सिलोना २ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा भनेब बार्सिलोनाले कुनै गोल गर्न सकेन। खेलको अन्तिमसमयमा लेभान्टेका रुबेन रुचेनाले गोल फर्काए । तर, रुबेनको गोल लेभान्टेलाई खेलमा फर्कन पर्याप्त भने भएन।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियलसँग अंकदुरी घटाएको छ। अंकतालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४६ अंक भएको छ।

लिग लिडर रियल मड्रिडको ४९ अंक छ। अर्कोतर्फ तेस्रो र चौथो स्थानमा रहेका गेटाफे र सेभियाको समान ३९ अंक छ।

प्रकाशित: Feb 03, 2020| 07:29 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।