बुधबार, भदौ ३, २०८३

नेविसंघमा थप ७ पदाधिकारी मनोनित

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) मा पदाधिकारी थप भएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) मा पदाधिकारी थप भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी थप गरेका हुन्।

केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार उपसभापति दुई जना र महामन्त्री ५ जना मनोनित भएका हुन्।

मनोनित हुने उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराम पौडेल (रुपन्देही) रहेका छन्।

त्यस्तै महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमिल्सेना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) रहेका छन्।

यसअघि गत माघ १६ गते तीन सदस्यीय तदर्थ कार्य समिति गठन गरिएको थियो।

अध्यक्षमा राजीव ढुंगाना (सुनसरी) तथा महामन्त्रीमा मनोज बैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) मनोनित भएका थिए।

तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ।

Image may contain: text

प्रकाशित: Feb 02, 2020| 18:37 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।