बुधबार, भदौ ३, २०८३

टुटल र पठाओ पनि संघीय ऐनमा समेटिए

टुटल र पठाओ जस्ता ‘राइड सेयर’ कम्पनी पनि संघीय यातायात ऐनको मस्यौदामा समेटिएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- टुटल र पठाओ जस्ता ‘राइड सेयर’ कम्पनी पनि संघीय यातायात ऐनको मस्यौदामा समेटिएका छन्।

यातायात व्यवस्था विभागले तयार पारेको संघीय ऐनको मस्यौदामा राइड सेयरलाई पनि सम्बोधन गरिएको हो।

बिभागले केही दिन पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको ऐनको मस्यौदामा टुटल र पठाओलाई पनि समावेश गरेको विभागले जनाएको छ।

विभागका निर्देशक बन्धु बास्तोलाले अरु देशमा पनि राइड सेयरको अभ्यास भएकोले ऐनको मस्यौदामा त्यस्ता यातायात सेवालाई पनि सम्बोधन गरेको जानकारी दिए।

उनका अनुसार मस्यौदा संसदबाट पारित भएपछि यातायात व्यवस्था विभागले कार्यबिधि बनाएर नियमन गर्ने भनेर प्रस्ताव गरेको छ।

‘अन्य देशमा पनि यस्ता यातायातका साधनहरु संचालनमा छन्’ बास्तोलाले भने, ‘कसरी संचालन गर्ने, नम्बर प्लेट कस्तो हुने लगायतका कुरा कार्यबिधि बनाएर मन्त्री परिषदबाट पास गराउने विभागको योजना छ।’

विभागले मन्त्रालयमा पठाएको मस्यौदामा मन्त्रालयले कानुन मन्त्रालयसगँ छलफल गरेर संसद पठाउने छ। संसदबाट पारित भएपछि यो ऐन लागू हुनेछ।

पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले राईड सेयर यातायात ऐनमा समेटिनु राम्रो भएपनि यो भन्दा पहिले मध्यस्थकर्ता सम्बन्धी ऐन बन्नुपर्ने बताए।

राइड सेयर एउटा पक्षमात्र भए पनि खाना डेलिभरी, अनलाइन सपिङ लगायतलाई पनि समेट्न पहिले मध्यस्थकर्ता सम्बन्धी ऐन बन्नुपर्ने उनले बताए। यो भित्र राइड सेयर आफै समेटिने उनको भनाइ छ।

यसअघि सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको थियो। यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था अनुसार यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले मंसिरमा दिएको थियो।

ट्याक्सी व्यवसायीले रातो नम्बर प्लेटका सवारीले सार्वजनिक यातायातको काम गरेको भन्दै विगत लामो समयदेखि गुनासो गर्दै आएका छन्। निजी सवारी (नम्बर प्लेट) लाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न रोक लगाउन उनीहरुको माग छ।

सरकारले त्यस्ता यातायातका साधनहरुलाई ऐनमै समेटेर व्यवस्थित गर्न खोजेको छ।

टुटलले तीन वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ डेढ वर्षअघि सञ्चालनमा आएको हो। यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ। टुटल र पठाओ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन्।

टुटल र पठाओमा करिब ५० हजार राइडर आबद्ध भएको उनीहरुको दाबी छ।

प्रकाशित: Feb 02, 2020| 17:22 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।