बुधबार, भदौ ३, २०८३

‘भिजिट नेपालका नाममा कोरोना भाइरस नभित्र्याऊ’

राष्ट्रियसभाका एक सदस्यले ‘भिजिट नेपाल २०२०’को नाममा कोरोना भाइरस भित्र्याउन नहुने बताएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– राष्ट्रियसभाका एक सदस्यले ‘भिजिट नेपाल २०२०’को नाममा कोरोना भाइरस भित्र्याउन नहुने बताएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद रमेशचन्द्र रायमाझीले भने, “भिजिट नेपालको नाममा रोग भित्रियाउनु हुँदैन। भिजिट नेपाल २०२० भएन भने २०२१ गरौंला। तर, कोरोनालाई रोकौं।”

उनले चीन र अन्य देशबाट आउने पर्यटकलाई विमानस्थलमा राम्रोसँग चेकजाँच गर्नुपर्ने बताए।

उनले नेपालको स्वास्थ्य व्यवस्थापन कमजोर भएकाले कोरोना भाइरस भित्रिए वितन्डा मच्चिने बताए। “झाडापखालाबाट मर्ने देशमा कोरोना भित्रियो भने के होला ?” सांसद रायमाझीले प्रश्न गरे। 

सांसद रायमाझीले अमेरिकी सरकारले निःशुल्क डाक्टर पढ्ने व्यवस्था गरेकोमा जटिलता थपिएको बताए। त्यस व्यवस्थालाई सहज बनाउनु पर्ने उनले माग गरे।

कोरोना भाइरसबाट अहिलेसम्म तीन सय पाँच जनाकाे मृत्यु भइसकेकाे छ। 

प्रकाशित: Feb 02, 2020| 11:16 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।