सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रेन्डस र च्यासल तथा एनआरटी र बिग्रेड ब्वाइजको प्रतिस्पर्धा आज

फ्रेन्डस र च्यासल तथा एनआरटी र बिग्रेड ब्वाइजको प्रतिस्पर्धा आज

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ र फ्रेण्डस क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड बोइज क्लब (बीबीसी) आमनेसामने हुनेछन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ र फ्रेण्डस क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) आमनेसामने हुनेछन्।

च्यासल आजको खेलमा जित निकालेर शीर्ष ६ को दौडमा हुने दाउमा छ। उसले २ खेलमा जित र ३ बरबरी खेलेर ९ अंक बनाएको छ। आजका खेलमा जित निकालेको खण्डमा च्यासलले समान १२ अंक रहेका एनआरटी, जावलाखेल र संकटासँग स्थानको लागि प्रतिस्पर्धा गर्ने छ।

फ्रेन्डसले जित निकालेको खण्डमा उसको जित संख्या ३ पुग्ने छ। फ्रेन्डस २ जित र २ बराबरी खेलेर ८ अंकका साथ तालिकाको ११ औं स्थानमा छ।

दोस्रो खेलमा एनआरटी र बीबीसी जितको लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन्।

Laxmi sunrise bank
kumari

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको एनआरटी आजको खेलमा जित निकाल्दै चौथो स्थानमा आउने दाउमा हुनेछ। उसले ४ खेलमा जित निकालेको छ भने २ बराबरी खलिसकेको छ।

बीबीसी २ खेलमा जित र २ बराबरी खेल्दै ८ अंकका साथ तालिकाको दसौं स्थानमा छ।

प्रकाशित: Jan 30, 2020| 08:48 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।