बिहीबार, फागुन २८, २०८२

टिप्परले उडायो केशरको कोरिया सपना

विपन्न परिवारका जेठा छोरा केशरले कोरियामा कमाइ गरेर परिवारको दैनिकी अलिक सहज बनाउन देखेको सपना सदाका लागि अन्त्य भएको छ।
 |  मंगलबार, माघ १४, २०७६

देव राना

देव राना

मंगलबार, माघ १४, २०७६

सुर्खेत- कालिकोट महावै गाउँपालिका-३ सिमखेतका २० वर्षीय केशरसिंह ठकुरी कोरिया जाने तयारीमा थिए। तर, विपन्न परिवारका जेठा छोरा केशरको कोरियामा कमाइ गरेर परिवारको दैनिकी अलिक सहज बनाउने सपना सदाका लागि अन्त्य भएको छ।

National life

घरको जेठो सन्तान भएका कारण केशरमाथि परिवारको जिम्मेवारी पनि थियो। गाउँमै कक्षा १२ सम्मको अध्ययनपछि रोजगारीको खोजीमा थिए उनी। तर, रोजागार कहाँ पाइन्थ्यो र। त्यसपछि उनी सुर्खेत झरे । सुर्खेतमै बसेर भारतीय सेनामा भर्तीका लागि तयारी थाले। त्यहाँ पनि सफलता नमिलेपछि उनी कोरिया जाने तयारीमा थिए।

केशरले वीरेन्द्रनगरमा बसेर कोरियन भाषाको प्रशिक्षण लिइरहेका थिए। उनका दाइ पर्ने कलमकुमार सिंहका अनुसार केशर मंगलबार कालिकोटमा रहेका परिवारका लागि सामान किन्न बजार गएका थिए।

सामान किनेर बागेंसिमलस्थित डेरातर्फ फर्कँदै गर्दा भे१ख २२४२ नम्बरको टिप्परले उनको आधा शरीर नै क्षतविक्षत पारिदियो। कर्णालीका यी युवाको कोरिया सपना सदाका लागि समाप्त भयो।

भरोषा गरेका जेठो छोराको देहान्तपछि उनको घरमा विचल्लीको अवस्था छ।

Laxmi sunrise bank
kumari

केशरको ज्यान लिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै उनका आफन्तले दिनभर विरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले ठाउँठाउँमा प्रदर्शन गरे। तर प्रशासनले बल प्रयोग गरेर केशरको शव प्रदेश अस्पतालमा पुर्‍यायो।

बल प्रयोग गरेर शव उठाएपछि विरेन्द्रनगर थप तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउन आदेश दिएको स्थानीय प्रशासनले सुर्खेतमा कर्फ्यू लगाएको छ।

प्रकाशित: Jan 28, 2020| 20:31 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।