बिहीबार, फागुन २८, २०८२

उपमेयर दन्ता अमेरिकामा गायब !

अमेरिका पुगेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) एक सातादेखि सम्पर्कविहीन भएकी छन्।
 |  शुक्रबार, माघ १०, २०७६

देव राना

देव राना

शुक्रबार, माघ १०, २०७६

सुर्खेत–अमेरिका पुगेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) एक सातादेखि सम्पर्कविहीन भएकी छन्।

National life

विगत एक हप्ता दिनदेखि परिवारसँग पनि सम्पर्कमा नरहेको उनका आफन्तले बताएका छन्।

इन्टरनेसनल सिटी मेनेजर एसोसिएसन (आइसिएमए) ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन कात्तिक १ गते अमेरिका उडेकी उनी बिरामी परिन् या उतै लुकेर बसिन् भन्ने जानकारी आएको छैन।

उनले फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि लुकेर बसेको आशंका गरिएको छ। उनले एक साताअघि आफू बिरामी परेको जानकारी भाइ कविराज नेपालीलाई दिएकी थिइन्।

‘हप्ता दिनअघि दिदीसँग कुरा भएको थियो। बिरामी भएका कारण जनवरी अन्तिम साता आउँछु भन्नुभएको थियो’, कविराजले भने, ‘उहाँ अमेरिका बस्ने मान्छे होइन। बिरामी भएकै कारण आउन ढिला भएको हुन सक्छ।’

Laxmi sunrise bank
kumari

स्थानीय तहको निर्वाचन चलिरहँदा दन्तालाई डीभी परेको थियो । ‘२०१८ मा डीभी परेको होे। अमेरिका बस्न इच्छा भए उतिबेलै जानुहुन्थ्यो नि’, कविराजले भने, ‘अमेरिकामा लुक्ने मान्छे होइन, मिडियामा भाइरल भएपछि तनावले फेसबुक एकाउन्ट डिएक्टिभ गर्नुभएको हुन सक्छ।’

कतिपयले बिहे गरेर उत्तै बसिन् कि भन्ने शंका गरेका छन् । लामो समय पार्टी र नगरपालिकालाई जानकारी नगराउँदा उनी अमेरिकामै लुकेको हुन सक्ने धेरैको अनुमान छ । कविराजले भने, ‘साथीसँग छु भन्नुहुन्थ्यो, बाँकी खुलाउनु भएन ?’

उनीसँगै धादिङ नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना इन्टरनेसनल सिटी मेनेजर एसोसिएसनको कार्यक्रममा सहभागी भएका थिए। ‘म र दन्ता एउटै कार्यक्रममा अमेरिका गएका थियौं’, ढुंगानाले भने ‘कार्यक्रम सकिएपछि म र उहाँ छुट्टाछुट्टै ठाउँमा गयौँ । फर्कने समयमा बिरामी परेको जानकारी दिनुभएको थियो ।’

बिरामी भएका कारण आफू बरबाद भएको बताएको ढुंगानाले जानकारी दिए। ‘म्यासेन्जरमा कुरा हुँदा पटक–पटक रुने, चिच्याउने गर्नुहुन्थ्यो’, उनले भने, ‘पैसा छैन टिकट काटेर पठाउँछु, उद्धार गर्न लगाउँछौं भनेका थियौँ । तर हप्ता दिनदेखि सम्पर्क भएको छैन ।’

नेकपाको उच्च नेतृत्वसँग राम्रो सम्बन्ध भएकी नेपाली लामो समयसम्म अमेरिकामै बसेका कारण आफूलाई शंका लागेको उनको भनाइ छ।

‘अमेरिका जाँदा मन्त्रीस्तरीय निर्णय गराएर परराष्ट्रको सिफारिसमा भिसा लिनुभएको थियो, मन्त्री र सरकारसँग राम्रो सम्बन्ध छ’, उनले भने, ‘समस्यामै परेको भए आफैँले उद्धारका लागि पहल गर्न सक्ने मान्छे हो । तर एकाएक सम्पर्कविहीन हुनुभयो।’

उपमेयर नेपालीले नोभेम्बर ७ गते अर्थात् कात्तिक २१ गते फर्कने टिकट लिएकी थिइन्। 

तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले पनि गोष्ठीमा सहभागी हुन पुगेकी नेपाली लामो समय किन बसिन् भन्ने जानकारी नभएको बताए।

‘कार्यक्रममा सहभागी हुन पत्रसमेत माग्नुभएको थियो, तर विदेश भ्रमणबारे औपचारिक निर्णय गरेका थिएनौंँ’, शाहीले भने ‘हप्ता दिनका लागि गोष्ठीमा जान स्वीकृत लिनुभएको थियो, तर तीन महिनादेखि सम्पर्क भएको छैन।’

उनी २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपप्रमुखमा विजयी भएकी थिइन्।

प्रकाशित: Jan 24, 2020| 16:23 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।