बुधबार, भदौ ३, २०८३

पुर्जी जारी भएको केही घण्टामै सांसद गुरुङ पक्राउ

 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले दिएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो।

दीपक मनाङे भनेर चिनिने सांसद गुरुङलाई पोखराको लेकसाइडस्थित एक होटलबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। आजमात्रै उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पोखरामा आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटन कार्यक्रममा मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए। गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए।

मनाङेले झापड हानेकाे स्वीकार्दै पत्रकार सम्मेलन गरेरै त्यसकाे बचाउ गरेका थिए।

 

प्रकाशित: Jan 23, 2020| 16:23 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।