शुक्रबार, साउन १, २०८३

स्मिथको सानदार प्रदर्शनमा अष्ट्रेलियाको जित

पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले विजयी भएको छ। मंगलबार सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानले ७ विकेटले हराएको हो।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले विजयी भएको छ। मंगलबार सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानले ७ विकेटले हराएको हो।

पाकिस्तानले जितका लागि दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो।

अष्ट्रेलियाका लागि स्मिथले अविजित रहँदै ८० रन बनाए। उनले ५१ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै बेन डेर्मोटले २१ तथा डेभिड वार्नरले २० रनको योगदान दिए।

पाकिस्तानका मोहमद इरफान, इमाद वासिम र मोहमद आमिरले समान १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो।

पाकिस्तानका लागि इफ्तिखार अहमदले अविजित रहँदै ६२ रन जोड्दा कप्तान बाबर आजमले ५० रन बनाए। यस्तै मोहमद रिजवानले १४ तथा इमादले ११ रन बनाए। अष्ट्रेलियाका अस्टन अगरले २ तथा केन रिचार्ड्सन र पाट कमिन्सले समान १/१ विकेट हात पारे।

जितपछि तीन खेलको टी-ट्वान्टी सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ। यसअघिको पहिलो खेल वर्षाका कारण बीचमै रोकिएको थियो। अब तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल शुक्रबार हुनेछ।

प्रकाशित: Nov 05, 2019| 14:15 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।