शनिबार, वैशाख १५, २०८१

मोरङमा क्रियाशील सदस्यता विवाद, वडा अधिवेशन अनिश्चित

क्रियाशील सदस्यता विवादले प्रदेश १ का १३ जिल्लामा शुक्रबारदेखि सरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, भदौ २०, २०७८

विराटनगर- क्रियाशील सदस्यता विवादले प्रदेश १ का १३ जिल्लामा शुक्रबारदेखि सरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ।

triton college

कांग्रेसले मोरङबाहेकका १३ जिल्लाको क्रियाशील सदस्यहरूको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गरिसकेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पहिलो चरणमा भदौ १० गते प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको थियो।

दोस्रो चरणमा भदौ ११ गते धनकुटा र भोजपुर, तेस्रो चरणमा भदौ १५ गते सुनसरी जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको थियो।

मोरङमा क्रियाशील सदस्य विवादका कारण वडा अधिवेशन सुरु हुन नसकेको कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्वुले बताए।

पालिका अधिवेशनको कार्यतालिकाअनुसार वडा अधिवेशनसम्मको काम सम्पन्न गर्न मिल्ने गरी निर्णय गर्न केन्द्रीय समितिलाई आग्रह गरिए पनि हालसम्म परिणाम नदेखिएको उनले बताए।

corrent noodles
Metro Mart
मोरङको क्षेत्र नम्बर ३ र ४ बाट सिफारिस भएका क्रियाशील सदस्यताबारे विवाद मिल्न बाँकी रहेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए।
‘मोरङको क्रियाशील सदस्यताको विवाद टुंगिन अझै एक हप्ता जति लाग्नसक्ने देखिएको छ,’ लिम्बूले भने।

शुक्रबारदेखि पहिलो चरणको वडा अधिवेशन हुन नसकेपछि मोरङमा दोस्रो वा तेस्रो चरणमा सुरु हुनसक्ने उनले बताए।

मोरङको क्षेत्र नम्बर ३ र ४ बाट सिफारिस भएका क्रियाशील सदस्यताबारे विवाद मिल्न बाँकी रहेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए।

उनले प्रक्रियागत रुपमा सिफारिस नभएका र नवीकरण र नयाँ सिफारिस संख्याको मापदण्डभन्दा बढी क्रियाशील सदस्यता सिफारिस भएकाहरूको हकमा छानबिन भइरहेको बताए।

‘कतिपय ठाउँमा वडा र क्षेत्रमार्फत आफू अनुकूल सदस्यता सिफारिस भएका कारण विवाद भएको छ,’ उनले भने।

कांग्रेस केन्द्रीय समितिले पुराना सदस्यता नवीकरणभन्दा नयाँ सदस्य बढी हुन नहुने कार्यविधि बनाए पनि कतिपय क्षेत्रमा पुराना सदस्यभन्दा नयाँ सदस्य बढी देखिएको घिमिरेले बताए।

भदौ २० सम्म क्रियाशील सदस्यता आए भदौ २८ सम्ममा वडा अधिवेशन सकिने उनले बताए।

‘तत्काल कार्यतालिका अनुसार वडा अधिवेशन हुन नसक्दा अन्यौल देखिएको छ,’ घिमिरेले भने।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकाको वडासभापतिमा ६२ जनाले दाबी गर्दै आएका छन्। वडा नम्बर १३ र १७ बाहेक सबै वडामा ५ जनासम्म वडासभापतिका दाबेदार देखिएका छन्। सबैले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

कार्यतालिका अनुसारको अधिवेशन हुन नसके पनि उम्मेदवारहरू भोट माग्न व्यस्त छन्। उम्मेदवारहरू एक्लाएक्लै तथा समूहगत रुपमा भेला भएर दैनिक जसो भोट माग्दै घरदैलो गरिरहेका छन्।

मोरङमा नवीकरण भएका पुराना क्रियाशील सदस्य संख्या १६ हजार र नयाँ सिफारिस तथा समायोजनबाट आएकाको संख्या १४ हजार हाराहारी रहेको बताइएको छ।

विराटनगरमा ६२ जना वडा सभापतिका आकांक्षी

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकाको वडासभापतिमा ६२ जनाले दाबी गर्दै आएका छन्। वडा नम्बर १३ र १७ बाहेक सबै वडामा ५ जनासम्म वडासभापतिका दाबेदार देखिएका छन्। सबैले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

माथिल्लो तहमा हुने चुनावमा मतदाता पनि हुने र उम्मेदवार पनि बन्न पाइने प्रावधानका कारण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिका उम्मेदवार बन्ने होड तीव्र देखिएको नेताहरू बताउँछन्। विराटनगरमा ७ हजार १ सय क्रियाशील सदस्यहरू रहेको बताइएको छ।

मोरङको नेतृत्वमा ५ जनाको दाबी

नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा मोरङ सभापतिमा ५ जनाले दाबी गर्दै आएका छन्। सभापतिको दाबी गर्नेमा वर्तमान सभापति डिकबहादुर लिम्बु, दीलिप गच्छदार, गोपालमानसिंह राजभण्डारी, यदुकुमार बिष्ट, मदन संग्रौला रहेका छन्।

सभापतिमा ५ जनाले दाबी गर्दै आए पनि समूहगत रुपमा निर्वाचनमा संस्थापन पक्षबाट दीलिप गच्छदार र इतर समूहबाट डिगबहादुर लिम्वुबीच नै प्रतिस्पर्धा हुँदा स्रोतको दाबी छ।

स्रोतका अनुसार निर्वाचनमा गच्छदारको पल्लाभारी हुने देखिएको छ। यसअघि लिम्वु देउवा समूहबाट सभापतिमा निर्वाचित भएका थिए।

मोरङ कांग्रेसको उपसभापतिमा भक्तिनाथ माझी, मोदराज घिमिरे, नागेश कोइराला, गोपालबहादुर थापा र सुबोधकुमार सिंहले दाबी गर्दै आएका छन्।

सचिवमा शिव ढकाल, ललित श्रेष्ठ, सत्यनारायण माझी र बाबुराजा कोइरालाले इच्छा देखाएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार  भदौ १८ गते वडा अधिवेशन, गाउँ/नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुने उल्लेख छ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १०–१२ गते सम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा हुनेछ।

प्रकाशित: Sep 05, 2021| 08:45 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।