मंगलबार, भदौ २, २०८३

सभामुखबारे चाँडै टुंगो लगाउन कांग्रेसको दबाब

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख नियुक्तिका लागि नेकपामाथि दबाब बढाउँदै लगेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख नियुक्तिका लागि नेकपामाथि दबाब बढाउँदै लगेको छ।

नेकपाले सभामुख नियुक्तिजस्तो सामान्य प्रक्रियासमेत पूरा गर्न नसकेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको आगामी बैठकबाट सभामुख चयनको प्रक्रिया सुरु नगरिए बैठक नै अवरुद्ध समेत गर्ने तयारी गरेको छ।

उक्त विषयमा निर्णय लिन कांग्रेस संसदीय दलको बैठक शुक्रबार १ः३० बजे बोलाइएको छ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवारको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको काम कारवाही अगाडि बढ्न सकेको छैन।

आगामी माघ ६ गतेका लागि बोलाइएको बैठकमा पनि सभामुख चयनको प्रक्रिया सुरु नभए कांग्रेसले संसद अवरुद्ध गर्नसक्ने कांग्रेस सचेतक डा। पुष्पा भुसालले बताइन् ।

‘शुक्रबार बस्ने हाम्रो संसदीय दलको बैठकमा अहिलेको संसदको अवस्थाका बारेमा छलफल हुनेछ। नेकपाले संसदलाई बन्धक बनाइरहेका बेला कांग्रेसले के गर्ने भन्ने विषयमा पनि निर्णय लिइनेछ,’ भुसालले भनिन् ।

नेकपाभित्र कसलाई सभामुख बनाउने भन्नेबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि कुनै निर्णय हुन सकेको छैन।

अर्कोतिर नेकपाले उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा दिन भने पनि उनले सभामुख नियुक्तिको प्रक्रिया सुरु नहुँदासम्म राजीनामा नदिने अडान लिएकी छन् ।

१४ असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

याे पनि‍‍‍‍‍‍...

देउवा भन्छन् : विवाद नगर्नुस्, सभामुख पद हामीलाई दिनुस्

प्रकाशित: Jan 16, 2020| 12:48 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।