शनिबार, साउन ३०, २०८३

जनकपुरमा तिहारको किनमेल गर्नेको भीड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- तिहार सुरु भएसँगै हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिक नगरी जनकपुरधाममा चहलपहल बढेको छ। बजारमा तिहारका सामग्री किनमेल गर्नेको भीड देखिएको छ। 

लक्ष्मीपूजाका लागि प्रसाद, सजावटका लागि प्रयोग हुने रंगीचंगी कागज, भगवानका फोटोलगायत सामग्री किनमेल गर्नेको भीड लागेको व्यापारी बताउँछन्। 

यता उपभोक्ताले भने तिहारका सामग्रीको मूल्य अकासिएको दुखेसो गरेका छन्। “तिहारका हरेक सामग्रीको मूल्य बढेको छ,” स्थानीय सुरेश ठाकुर भन्छन्, “यसले आम उपभोक्ता मारमा परेका छन्।”

मूल्यवृद्धि हुँदा पनि सरोकारवाला निकायले चास नदेखाएको उपभोक्ताको गुनासो छ। 

व्यापारी पनि तिहारका सामग्रीको मूल्य बढेको स्वीकार्छन्। जनक चोकमा फूल पसल चलाएका उपेन्द्र भण्डारी मूल्य बढेकाले सोचेअनुरूप फूलको व्यापार हुन नसकेको बताउँछन्। “तिहारका लागि लाखौं रूपैयाँको फूल ल्याइयो। तर, खासै बिक्री हुन सकेको छैन,” उनी भन्छन्। 

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह मूल्यवृद्धिसँगै ग्रामीण भेगका उपभोक्ता नआउँदा तिहारमा अपेक्षा अनुसार व्यापार हुन नसकेको बताउँछन्। “केही वर्षअघिसम्म वरपरका ग्रामीण भेगका उपभोक्ता यहाँ किनमेल गर्न आउँथे। तर, अहिले ती ठाउँमा पसल खुले, जसका कारण त्यहाँका उपभोक्ता नआउँदा व्यापार खस्कियो,” उनी भन्छन्।  

मूल्यवृद्धिले आम उपभोक्ताको क्रय क्षमतामा कमी आएकाले पनि यस वर्ष व्यापार घटेको उनको भनाइ छ। “घरबहाल बढ्नु र चर्को भन्सारका कारण सामानको मूल्यवृद्धि भएको हो,” उनी भन्छन्। 

सडक सरसफाइ

तिहारको अवसरमा जनकपुरधामका सडक सरसफाइ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले बु्रमरबाट सडकको धुलो सफा गर्न थालेको छ। 

पसल तथा व्यापारिक प्रतिष्ठान सजावट

व्यापारी तथा व्यवसायी आ-आफ्ना पसल तथा व्यापारिक प्रतिष्ठान सजावटमा जुटेका छन्। कतिपयले पसलअगाडि केलाको बोट राखेका छन् भने कतिपयले झिलिमिली बत्ती लगाएका छन्। 

बजारमा प्रति केलाको बोट तीन सयदेखि पाँच सय रूपैयाँसम्म बिक्री भइरहेको व्यापारी बताउँछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।