बिहीबार, जेठ १, २०८२

कानुनले मात्रै हुँदैन सडक व्यवस्थापन

एकदिन तीनकुनेको सडक छेउ उभिएका एक यात्रुले हात उठाए। म बसभित्र ड्राइभरको छेउमा उभिएको थिएँ। चालकले ‘ट्याक्सी हो र जहाँ पायो त्यहीँ रोक्नलाई ?’ भन्दै बस कुदाए।
 |  बुधबार, माघ १, २०७६
nespernesper

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

बुधबार, माघ १, २०७६

vianetvianet

२०४० सालतिरको कुरा हो। ट्रली बस चढेर म त्रिपुरेश्वरबाट कोटेश्वर ओहोरदोहोर गर्थें। त्यतिबेला बस मीनभवनपछि एकैपटक कोटेश्वरमा रोकिन्थ्यो।

triton college

एकदिन तीनकुनेको सडक छेउ उभिएका एक यात्रुले हात उठाए। म बसभित्र ड्राइभरको छेउमा उभिएको थिएँ। चालकले ‘ट्याक्सी हो र जहाँ पायो त्यहीँ रोक्नलाई ?’ भन्दै बस कुदाए।

उतिबेला ट्राफिक प्रहरी पनि धेरै थिएनन्। सडकमा यातायात नियमन र नियन्त्रण अहिले जति हुन्थेन तर सवारीचालक आफैंमा अनुशासित थिए। अहिले प्रहरी बढेका छन्, कडा कानुनहरु आइरहेका छन्। तैपनि चालक अनुशासनमा रहेको देखिन्न। हामी यात्री पनि घरको ढोकामै बसले झारिदिए हुन्थ्यो भनेजस्तो गर्छौं ।

सबैभन्दा बढी अराजकता सडकमै देखिन्छ र नियम कानुन पनि कसिला बन्दैछन् । तर, नियम र कानुनले मात्रै सडक व्यवस्थापन हुन सक्दैन भन्ने पुष्टि भइसकेको छ। अहिले लेन अनुशासन तोडेमा पन्ध्र सय रुपैयाँ जरिवाना र एक घण्टाको सचेतना कक्षा लिनुपर्ने सूचना जारी गरिएको छ ।

अझ, ट्राफिक नियम तोडेमा दश हजार रुपैयाँसम्म जरिवाना हुने सूचना लेखिएका बोर्ड सडकमै यत्रतत्र देखिन्छ । तैपनि नियम उल्लंघन गर्नेको संख्या घट्नुको साटो बढ्दो क्रममै छ । नियमले मात्रै हुँदैन, कार्यान्वयनमा जानैपर्छ भन्ने प्रमाणित यसबाट पनि भएकोे छ ।

National life insurance

अहिलेकै पूर्वाधार र संरचनामा रहेर काठमाडौं उपत्यकाको सवारी जाम पूरै हटाउन मुश्किल होला तर, ५० प्रतिशत कम गर्न सकिन्छ।

२०४० सालसम्म तीनकुनेमा बसस्टप थिएन। अहिले काठमाडौंमा कतै पनि बसस्टप छैन ! अर्थात् यात्रुले जहाँ उभिएर हात उठायो, त्यहीँ बसस्टप। ४० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको बस यात्रुले हात उठाएपछि जहाँ पनि रोकिन्छ।

कतिपय बेला त चालकले बस छेउ पनि लगाउँदैनन्। बीचतिरै रोकिएको बसले पछाडि आइरहेका अरु सवारी साधनको बाटो छेकिदिन्छ। कतिपय त अघिल्लो गाडीमा ठोक्किन पुग्छन्।

के काठमाडौं उपत्यकामा निश्चित बसस्टप तोक्न सम्भव छैन त? बस स्टपभन्दा अन्यत्र रोकिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कम्तीमा ६ महिना सवारी चलाउनै नपाउने गरी चालकसमेतलाई कारवाही गर्ने व्यवस्था गर्न सकिँदैन?

काठमाडौंभित्र बसस्टप भनिएका ठाउँहरुमा रोकिएका बसहरु हेर्ने हो भने थाहा हुन्छ, अधिकांश बस, माइक्रोबस छड्के पारेर रोकिएका हुन्छन्। यात्रु ओराल्न र चढाउन मात्र रोकिनुपर्ने ती सवारी साधन यात्रु पर्खेर बस्छन् ।

जथाभावी उछिन्दै गुड्ने माइक्रो बस होउन् वा नागबेली दौडिने मोटरसाइकल, दुर्घटना निम्त्याइरहेका छन् ।

सडकमा जाम बढ्ने मुख्य कारण चालकले लेन अनुशासन तोड्नु नै रहेको देखिन्छ। आजभोलि सीसीटीभी हेरेर लेन अनुशासन तोड्नेलाई कारवाही गरिएको समाचार यदाकदा सुनिन्छ। तर, यो प्रभावकारी भएजस्तो लाग्दैन ।

यसको कडा कार्यान्वयन हुने हो भने पनि जाम घटाउन ठूलो सहयोग हुनेछ। सडकमा प्रहरी उभिएर यो सम्भव छैन तर सीसीटीभी हेर्ने प्रहरीको संख्या बढाए सफलता हात लाग्न सक्छ ।

लेन अनुशासन तोड्ने बित्तिकै केही वर्षका लागि लाइसेन्स रद्द हुने व्यवस्था गरियो भने पनि लेन अनुशासन कायम गर्न ठूलो सहयोग पुग्नेछ। काठमाडौंका धेरै सडकमा सीसीटीभी जडान भएका छन्। अब प्रहरी सडकमा उभिएर भन्दा पनि सीसीटीभीमै चालकको व्यवहार हेरेर कारवाही थाल्न ढिलो गर्नु हुँदैन।

प्रकाशित: Jan 15, 2020| 09:28 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...