मंगलबार, चैत २४, २०८२

बजारमा थप तरलता बढाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारमा थप तरलता प्रवाह गर्नका लागि विभिन्न स्रोतहरु खुला गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

शर्मिला ठकुरी

शर्मिला ठकुरी

मंगलबार, पुस २९, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारमा थप तरलता प्रवाह गर्नका लागि विभिन्न स्रोतहरु खुला गरेको छ।

National life

बैंक तथा वित्तीय सस्थाहरुको नाममा मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले बजारमा तरलता बढाउनका कर्जा निक्षेप अनुपात (सिसिडि रेसियो) लाई खुकुलो बनाएको छ। त्यस्तै, राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाहका लागि थप स्रोत पनि जुटाइदिएको छ।

राष्ट्र बैंकले कुनैपनि बैंकले पुनर्कर्जा उपयोग गरेमा सो रकम सीसीडीमा गणना गर्न नपर्ने व्यवस्था गरेको हो। उक्त रकम बैंकहरुले कर्जा सापट शिर्षक अन्तर्गत राख्न पाउनेछन्।

निर्देशनमा बैंकहरुले स्वदेशी मुद्रामा जारी गरेको पाँच वर्ष वा सो भन्दा बढीको ऋणपत्र र विदेशी मुद्रामा तीन वर्षभन्दा माथिको दीर्घकालीन ऋण लिएको भएमा त्यस्तो रकम शतप्रतिशत कर्जाको रुपमा प्रवाह गर्न पाउने पनि भनेको छ। यो नीतिले बैंकहरुलाई कर्जा प्रवाहका लागि थप स्रोत जुट्नेछ ।

त्यस्तै सरकार वा अन्तराष्ट्रिय निकायबाट स्वदेशी मुद्रामा तीन बर्षभन्दा बढी समयमको लागि लिएको ऋणबाट पनि बैंकहरुले शत प्रतिशत कर्जा प्रवाह गर्न पाउनेछन्।

kumari

यसअघि लिएको ऋणको ८० प्रतिशत रकम मात्र ऋण प्रबाह गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाले बैंकहरुमा थप कर्जा लगानीका लागि स्रोत जुट्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए।

उनका अनुसार अहिले पनि बैंकहरुसँग पर्याप्त तरलता रहेको अवस्था छैन। सोमबारसम्ममा बैंकहरुमा ५३ अर्ब रुपैयाँ तरलता थियो जुन सम्पूर्ण लगानी गर्न मिल्दैन। त्यस्तो रकम सरकारी बन्ड, ४ प्रतिशत अनिवार्य नगद मौज्दात (सीआरआर) र १० प्रतिशत एसएलआरमा लगानी गर्नुपर्ने व्यवस्था छ।

त्यसैले अहिले बैंकहरु सहज अवस्थामा भए पनि तरलता पर्याप्त रहेको भन्न नमिल्ने भट्टले बताए। बैंकहरुले उत्पादनमुलक क्षेत्रमा सहज रुपमा कर्जा प्रवाह गरुन् भन्ने उद्देश्यका साथ राष्ट्र बैंकले स्रोतको व्यवस्थापन गरिदिएको उनको भनाई छ।

नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं नविल बैंकका सिइओ अनिलकेशरी शाहका अनुसार अहिले बैंकहरुसँग तरलता सहज भए पनि राष्ट्र बैंकले दीर्घकालिन सोचका साथ तरलताको स्रोतको व्यवस्थापन गरेको हो।

उनले चालु आर्थिक वर्षको ६ महिना गुज्रिसकेकाले अबका केही महिना कर्जा प्रवाह तीव्र रुपमा नभए अर्थतन्त्रले गति लिन नसक्ने र आर्थिक बृद्धिको लक्ष्य हासिल नहुने बताए।

शाहले भने, “त्यसैले पनि राष्ट्र बैंकले स्रोतको व्यवस्थापन गरेको हुनसक्छ।”

प्रकाशित: Jan 14, 2020| 19:36 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्