शनिबार, चैत ११, २०७९

स्थानीयको विरोधपछि ग्यास उद्योगको काम रोकियो

कर्णालीमै पहिलो पटक स्थापना हुन लागेको ग्यास उद्योगको काम रोकिएको छ। सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको ‘वर्षा ग्यास उद्योग’को काम स्थानीयको विरोधपछि रोकिएको हो।
 |  मंगलबार, पुस २९, २०७६

देव राना

देव राना

मंगलबार, पुस २९, २०७६

सुर्खेत - कर्णालीमै पहिलो पटक स्थापना हुन लागेको ग्यास उद्योगको काम रोकिएको छ। सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको ‘वर्षा ग्यास उद्योग’को काम स्थानीयको विरोधपछि रोकिएको हो। उद्योग सञ्चालनका लागि भौतिक संरचना निर्माण सुरुभएपछि स्थानीयले विरोध जनाएका छन्।

National life insurance

खेतियोग्य जमिन र मानवबस्ती नजिकै ग्यास उद्योग सञ्चालन गर्दा बस्तीहरु असुरक्षित हुने भन्दै स्थानीयले विरोध गरेका हुन्। ‘मानव बस्ती र खेतियोग्य जमिनमा ग्यास उद्योग सञ्चालन गर्न पाइँदैन, वातावरण प्रदुषण र बस्नी नै जोखिम पारेर उद्योग सञ्चालन गर्न दिँदैनौं’ स्थानीय भूपेन्द्र देवकोटाले भने, ‘पहुँचको भरमा सञ्चालकले स्थानीयलाई झुक्काएर उद्योग सञ्चालन गर्न खोजेपछि हामीले विरोध गरेका हौं।’ भेरीगंगा नगरपालिकाले स्थानीयको भावना विपरित अनुमति दिएको भन्दै काम नरोकिए चरणबद्ध आन्दोलन गर्ने अर्का स्थानीय श्यामलाल ढकालले चेतावनी दिए। उद्योग सञ्चालनमा आएपछि वातावरणीय प्रदुषण हुने, जग्गाजमिन किनबेच नहुने र घरहरु निर्माण गर्न नपाइने भन्दै स्थानीयले विरोध गरेका हुन्।

स्थानीयको विरोधपछि भेरीगंगा नगरपालिकाले तत्काललाई काम अघि नबढाउन निर्देशन दिएको छ। ‘आन्दोलनले अप्रिय घटना नहोस् भन्नका लागि तत्काललाई काम रोक्न निर्देशन दिएका छौं’ भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्रबहादुर चन्दले भने ‘प्रक्रिया पुगेको छ, छैन अध्ययन गर्छौं, प्रक्रिया विपरित भए कानूनी प्रक्रियामा जान्छ।’ मेयर चन्दले आफू निर्वाचित हुनुभन्दा अघि नै उद्योग सञ्चालनका लागि नगरपालिकाले अनुमति दिएको बताए। ‘जनप्रतिनिधि नआउँदै नगरपालिकाले उद्योग सञ्चालनका लागि अनुमति लिएको हो’, चन्द भन्छन् ‘हेर्दा कानूनी प्रक्रिया पुरा गरेको देखिन्छ तर स्थानीयले लुकिछिपी काम गरेको भन्दै विरोध गरेका हुन।’

यता, उद्योग सञ्चालकले कानूनी प्रक्रिया पुरा गरी उद्योग सञ्चालन गर्न लागेको दाबी गरेका छन्। ‘उद्योगका लागि सबै कानूनी प्रक्रिया पुरा गरेर गरेका छौं, स्थानीय टोलविकास समिति, नगरपालिका, उद्योग मन्त्रालय, आयल निगमबाट अनुमति लिएका छौँ’ सञ्चालक विरबहादुर रावतले भने, ‘कानून विपरित भए हामीलाई जेल हाल्नुपर्‍यो, हैनभने २५ करोड लगानी गरिसकेको छौं उद्योग सञ्चालन गर्न पाउनुपर्छ।’

सिंगो कर्णालीवासीको आवश्यकतालाई मध्यनजर गर्दै उद्योग सञ्चालन गर्न थालेको बताउँदै उनले गैरकानूनी काम गरेको भए आफूहरु जेल जानसमेत तयार रहेको बताए। ‘उद्योगका लागि १५ करोड बढी खर्च भइसकेको छ, पहिले अनुमति दिने अहिले आएर हाम्रो लगानी ढुवाउन पाइँदैन’ रावल भन्छन्, ‘हामीले लुकिछिपी कुनै अपराध गर्न लागेका हैनौं।’

worldlink

सुर्खेतका गोरखबहादुर खत्री, बखत भण्डारी, टेकबहादुर भण्डारी, विरबहादुर रावत, गोविन्द गौतमले भेरीगंगा नगरपालिका-४ छिन्चु नजिक (दमार) मा ‘वर्षा ग्यास उद्योग’ खोल्न थालेका थिए। उनीहरुले २०७२ सालमा बस्तीदेखि ग्याँस उद्योग चार सय मिटरभन्दा टाढाको दुरीमा सञ्चालन गर्ने अनुमति लिएका थिए। नगरपालिकाले पहिले निर्माण गर्न अनुमति दिने र अहिले काम रोक्न आदेश दिएपछि विवाद झनै चुलिने भएको छ। स्थानीयको विरोध र नगरपालिकाले काम रोक्न पत्र काटेपछि ग्यास उद्योगको काम रोकिएको छ।

प्रकाशित: Jan 14, 2020| 06:28. 26 मंगलबार, पुस २९, २०७६

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।