आइतबार, माघ ४, २०८२

इरानसँग विनासर्त वार्ता गर्न अमेरिका तयार

अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं-  अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ।

National life

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले’ वार्ता गर्न तयार रहेको उल्लेख गरेकी छन्।

पत्रमा इरानी सैन्य कमाण्डर सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १५ बमोजिम उचित भएको पनि जिकिर गरिएको छ।

उक्त धारामा कुनै राज्यले आफ्नो रक्षा गर्ने अधिकार अन्तर्गत गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषदलाई जानकारी गराउनुपर्ने उल्लेख छ।

साथै पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने पनि उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

उता इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरेको आक्रमण उचित भएको दाबी गरेको छ। सुरक्षा परिषदलाई लेखिएको पत्रमा इरानका दूत माजित तख्तले इरानले युद्ध नचाहेको बताएका छन्।

अमेरिकी संसदको तल्लो सदनमा बिहीबार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।

 

प्रकाशित: Jan 09, 2020| 14:08 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।