मंगलबार, भदौ २, २०८३

कृषि विकास बैंक ह्‍याकिङ प्रकरणमा थप एक पक्राउ

विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकी मूलका पिटर हुन् । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उक्त घटनामा संलग्न मध्ये अहिलेसम्म १९ जना पक्राउ परे पनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताए । पक्राउ परेका बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । “बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई पक्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ,” थापाले भने । उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरे पनि पक्राउ पर्न सकेका थिएनन् ।

उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु. १२ लाख निकालेका थिए । रु. दश लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखाता मै पैसा पुगेको थियो ।

गत असोज पाँच गते पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरुले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनीहरुबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।

प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु पाँच अर्ब रकम निकाल्ने योजना उनीहरुको थियो । समयमै सूचना प्राप्त हुँदा उनीहरुको योजना विफल भयो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए । शुक्रबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

रासस

प्रकाशित: Jan 05, 2020| 08:01 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।